- Sex - लिङ्ग
आफ्नो क्रोमोजोम र यौनाङ्ग द्वारा निर्धारित - Gender - लैङ्गिकता
पुरुषत्व र नारीत्वमा आधारित आफ्नो हाउभाउ, आचरण, व्यवहार, सोचाई र भावनाले निर्धारण गर्ने - Gender expression - लैङ्गिक प्रस्तुतीकरण
आफ्नो लैङ्गिकता अनुरूप गरिने प्रस्तुतीकरण, हाउभाउ - Gender identity - लैङ्गिक पहिचान
आफ्नो लैङ्गिकतालाई पहिचान गर्न वा चिनाउन प्रयोग गरिने शब्द - Sexuality - यौनिकता
यौनिक रूपमा मानिसले गर्ने अनुभव र प्रतुतीकरण नै यौनिकता हो। यौनिकता विशाल छ। यौन भावना सँग सम्बन्धित रहेर अनुभव हुने सबै अनुभोग र आफूलाई गरिने प्रतुतीकरण यसमा पर्छ। - Sexual orientation - यौन अभिमुखिकरण
यौन अभिमुखिकरण भन्नले यौनिकताको एउटा पाटो हो। तपाइँ को प्रति आकर्षित हुनुहुन्छ, कुन लिङ्ग वा लैङ्गिकता को/का व्यक्तिमा आकर्षित हुनुहुन्छ, त्यो यौन अभिमुखिकरण हो - Male - पुलिङ्गीलिङ्गो भएका व्यक्ति, XY chromosomes भएका व्यक्ति पुलिङ्गी हुन्
- Female - स्त्रीलिङ्गी
योनी भएका व्यक्ति, XX chromosomes भएका व्यक्ति स्त्रीलिङ्गी हुन् - Intersex - अन्तर्लिङ्गीअन्तर्लिङ्गी एउटा छाता शब्द हो। जो व्यक्ति पूर्ण रूपले पुलिङ्गी वा पूर्ण रूपले स्त्रीलिङ्गी हुँदैनन् उनीहरू अन्तर्लिङ्गी हुन्। व्यक्तिहरूमा जब XY chromosomes हुन्छ तब उनीहरू पुलिङ्गी हुन्, जब XX chromosomes हुन्छ उनीहरू स्त्रीलिङ्गी हुन् र जब XXY, XO, XYY, XXYY, XXXY, XY/XO, XX/XO, XX/XY chromosomes जस्ता हरू हुन्छन् तब अन्तर्लिङ्गी हुन्छन्। यसमा धेरै विविधता हुन्छ। जस्तै कुनै अन्तर्लिङ्गीहरूको दुबै लिङ्ग र योनी हुन्छ। कुनै अन्तर्लिङ्गीको बाहिरी शरीर पुलिङ्गी भए आन्तरिक शरीर स्त्रीलिङ्गी हुन्छ। कुनै अन्तर्लिङ्गीको बाहिरी शरीर स्त्रीलिङ्गी भए आन्तरिक शरीर पुलिङ्गी हुन्छ।यो भन्दा अझै धेरै प्रकारको अन्तर्लिङ्गी हुन्छन्।
- Cisgender - त्याचलिङ्गीजो व्यक्ति आफ्नो लिङ्ग अनुरूप आफ्नो लैङ्गिक पहिचान व्यक्त गर्छन, उनीहरू त्याचलिङ्गी हुन्
- Transgender - पारलिङ्गीजो व्यक्ति आफ्नो लिङ्ग भन्दा फरक रूपले लैङ्गिक पहिचान व्यक्त गर्छन, उनीहरू पारलिङ्गे हुन्। अर्थात् जो पुलिङ्गी हुन्छन् र महिलाको अनुभव, हाउभाउ, भावना राख्छन्। जो स्त्रीलिङ्गी हुन्छन् र पुरुषको अनुभव, हाउभाउ, भावना राख्छन्।
- Man - पुरुष
Woman - महिला - Manly - पुयोचित
Womanly - स्त्रीयोचित - Transvestities - विषुपहिरणीसामाजिक रूपले आफ्नो लैङ्गिताको विपरीत लिङ्गका निम्ति भनेर बनाइएका पहिरण लगाएर प्रतुत गर्ने व्यक्तिहरू
- Transsexual - विषुलिङ्गीआफ्नो लिङ्ग भन्दा विपरीत लिङ्ग भएको अनुभव गर्ने व्यक्तिहरू
- MTF/FTM - परिणतलिङ्गीशल्यक्रिया र हम्रोन द्वारा जैविक लिङ्गबाट लिङ्ग परिवर्तन गरेकाहरू
- Agender - अलैङ्गीआफूलाई कुनै लैङ्गिकता सँग सम्बन्ध नराख्नेहरू, आफूलाई कुनै लैङ्गिकता भएको व्यक्ति मसुस नगर्नेहरू
- Bigender - दुईलिङ्गीआफ्नो लिङ्ग पुलिङ्गी वा स्त्रीलिङ्गी भएपनि, आफ्नो लैङ्गिकता चाही पुरुष जस्तो र महिला जस्तो दुबै भावना हुने व्यक्ति
- Androgyne - मिश्रीतलिङ्गीआफ्नो लिङ्ग पुलिङ्गी वा स्त्रीलिङ्गी भएपनि, आफ्नो लैङ्गिकता चाही पुरुष र महिलाको भावन मिश्रित रूपम अनुभव गर्ने व्यक्ति
- Gender fluid - द्रवलिङ्गीलैङ्गिकता द्रव हुने व्यक्ति, एउटै रूपमा सँधै अनुभव नगर्ने
- Gender non confirming - गैरानुरूपलिङ्गीआफूलाई कुनै पनि लैङ्गिकता सँग एसोसियेट हुन नचाहने, आफ्नो लैङ्गिकता भन्न नचाहने वा कुनै निश्चित लैङ्गिकतामा कन्फर्म गर्न नचाहने
- Third gender - तेस्रोलिङ्गीआफूलाई महिला र पुरुषको पहिचान भन्दा भिन्नै राख्ने व्यक्ति
- Non-binary gender identities - गैर-द्वयसांख्यिक लैङ्गिक पहिचानसमाजको द्वयधारी संख्या(binary)मा आधारित लैङ्गिकता भन्दा पर रहेर लैङ्गिक पहिचान गराउने व्यक्ति
- Heterosexual - विषमयौनिकविपरीत लिङ्ग व लैङ्गिकता तर्फ आकर्षित व्यक्ति
Heterosexsexual विपरीतलिङ्ग्याउनिक - जैविक लिङ्गका आधारमा विपरीत लिङ्ग तर्फ आकर्षित
Heterogendersexual विपरीतलैङ्गिकत्याउनिक - लैङ्गिकताका आधारमा विपरीत लैङ्गिकता तर्फ आकर्षित - Homosexual - समयौनिकसमान लिङ्ग व लैङ्गिकता तर्फ आकर्षित व्यक्तिHomosexsexual समलिङ्याउनिक - जैविक लिङ्गका आधारमा समान लिङ्ग तर्फ आकर्षित
Homogendersexual समलैङिकत्याउनिक - लैङ्गिकताका आधारमा समान लैङ्गिकता तर्फ आकर्षित - Bisexual - द्वयौनिकदुईटा लिङ्ग व लैङ्गिकता तर्फ आकर्षित व्यक्तिBisexsexual द्वलिङ्याउनिक - जैविक लिङ्गका आधारमा द्व तर्फ आकर्षित
Bigendersexual द्वलैङिकत्याउनिक - लैङ्गिकताका आधारमा दुईटा लैङ्गिकता तर्फ आकर्षित - Demisexual - अन्तरात्मात्योनिकभावनात्मक रूपमा सम्बन्ध बलियो नभएसम्म कुन्नै यौन आकर्ष्ण अनुभव नगर्ने व्यक्ति, जब कुनै बलियो भावनात्मक सम्बन्ध अनुभव हुन्छ तब मात्र यौन आकर्षण हुने
- Asexual - अयौनिककुनै प्रकारको यौन आकर्षण अनुभूती नहुने व्यक्तिहरू
- Androsexual - पुरुष्यौनिकपुरुष वा पुरुष भनेर चिनाउने, पुरुषत्व प्रस्तुत गर्ने प्रति आकर्षित
- Gynesexual - महिल्याउनिकमहिला वा महिला भनेर चिनाउने, नारीत्व प्रस्तुत गर्ने प्रति आकर्षित
- Skoliosexual - गैरद्वयसांख्याउनिकगैरद्वय सांखिक लैङ्गिक पहिचान प्रति आकर्षित व्यक्ति
- Pansexual - सर्वयौनिकसबै प्रकारका लिङ्ग वा/तथा लैङ्गिकता तर्फ आकर्षित हुने व्यक्तिहरू
- Sapiosexual - बद्धिक्यौनिकताकुनै व्यक्तिको बौद्धिकता र बौद्धिक क्षमताको आधारमा मात्र यौन आकर्षण वा प्रणय आकर्षण महसुस गर्ने
- Sexual fluid - द्रव्यौनिकयौनिकता द्रव हुने व्यक्ति, यौन अभिमुखिकरण द्रव हुने व्यक्ति
- Trans-attracted - पारलिङ्यौनिकपारलिङ्गी तर्फ आकर्षित हुने व्यक्तिहरू
- Questioning(Gender) - केथालिङ्गीआफ्नो लैङ्गिकता अझै एक्सप्लोर गर्दै गरेका व्यक्ति
- Questioning(Sexuality) - केथायौनिकआफ्नो यौनिकता अझै एक्सप्लोर गर्दै गरेका व्यक्ति
विगत केही वर्ष देखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका अधिकारका क्षेत्र लगायत विभिन्न सामाजिक आन्दोलन तथा अभियानहरूमा कार्ययरत रुक्शना कपालीले आफू तेस्रोलिङ्गी (थर्डजेण्डर) भनेर पहिचान नगर्ने भन्दा भन्दै पनि संचारमाध्यममा आफूलाई तेस्रोलिङ्गी भनेर चिनाएकोमा उनले आपत्ती जनाएका छन् । उनले यस बारे आफ्नो सामाजिक संजालको प्रोफाइलमा स्येर गरेका छन् । संचारमाध्यमलाई इमेल लेखर रुक्शानाले आफू पारलिङ्गी महिला भनेर पहिचान गर्ने भएपनी मिडियाले तेस्रोलिङ्गी भनेर छापिदिएकोमा आपत्ती जनाएका छन् ।
रुक्शना कपालीको ब्लग र सामाजिक संजाल फलो गर्दा विगत ३ वर्ष देखि उनले महिला, पुरुष र तेस्रोलिङ्गी भन्ने भाष्यले लैङ्गिक द्वयसांखिक व्यवस्था (जेण्डर बाइनेरी) जस्तै लैङ्गिक त्रयसांखिक व्यवस्था (जेण्डर ट्राइनेरी)को निर्माण गर्दैछ भन्ने विषय उठान गर्दै आएका छन् । उनले खुला रूपमा नै आफू ट्रान्सजेण्डर वोम्यान ( पारलिङ्गी महिला ) हो भन्ने कुरा स्पष्ट उल्लेख गर्दै आउँदा पनि संचारमाध्यमहरूमा उनलाई तेस्रोलिङ्गी भनेर लेखिँदिँदा त्यसलाई सच्याउन माग गरेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लिंगको महलमा अन्य उल्…
रुक्शना कपालीको ब्लग र सामाजिक संजाल फलो गर्दा विगत ३ वर्ष देखि उनले महिला, पुरुष र तेस्रोलिङ्गी भन्ने भाष्यले लैङ्गिक द्वयसांखिक व्यवस्था (जेण्डर बाइनेरी) जस्तै लैङ्गिक त्रयसांखिक व्यवस्था (जेण्डर ट्राइनेरी)को निर्माण गर्दैछ भन्ने विषय उठान गर्दै आएका छन् । उनले खुला रूपमा नै आफू ट्रान्सजेण्डर वोम्यान ( पारलिङ्गी महिला ) हो भन्ने कुरा स्पष्ट उल्लेख गर्दै आउँदा पनि संचारमाध्यमहरूमा उनलाई तेस्रोलिङ्गी भनेर लेखिँदिँदा त्यसलाई सच्याउन माग गरेका छन् ।
उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लिंगको महलमा अन्य उल्…
Comments
Post a Comment